१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति

१२ चैत, काठमाडाैं । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । विद्युत नियमन आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १०:४३