ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ पर्याे कि ? यसरी हेर्नुहाेस नतिजा
१२ चैत, काठमाडाैं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियाबाट बाँडफाँड भएको हाे । गोलाप्रथा प्रक्रियाबाट बाँडफाँड गर्दा १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
कम्पनीकाे आईपीओकाे नतिजा केही भएपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओकाे नतिजा बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com/, मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार ०९:४७