१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

प्रेस चौतारीमा गणेश पाण्डेसहित १९७ नेता नियुक्त, मनोनय र सपथको टुंगो छैन

१२ चैत, विराटनगर । नेकपा (एमाले)को जनवर्गीय संगठन प्रेस चौतारी नेपालमा गणेश पाण्डेसहित १९७ जना नेता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको तोकमा अध्यक्षमा पाण्डे नियुक्त हुनुभएको हो । प्रेस चौतारीको दशौँ महाधिवेशन हुनु तीन दिन पहिल्यै नै ओलीले मध्यरातमा बालुवाटारमा भएको एक छलफलमा चौतारीको अध्यक्षमा पाण्डेको विषय टुंगो लगाएको समाचार दैनिकीले यसअघि सार्वजनिक गरेको थियो ।

कोशी प्रदेशको विराटनगरमा दशौँ महाधिवेशनको अध्यक्षमण्डलले पाण्डेको नेतृत्वमा १३७ सदस्यीय केन्द्रीय कमिटी र ६० सदस्यी चारवटा आयोगमा नियुक्ति गरेको छ । प्रेस चौतारीको अध्यक्षसहित विभन्न पदमा नियुक्त भएकाहरूले धेरैले मनोनयन फारम नै भरेका छैनन भने सपथको पनि कुनै टुंगो लागेको छैन । यद्यपी अविरमाला लगाएर नियुक्त भएका नेताहरूले खुशी भने साँटिरहनुभएको छ ।

विभिन्न पदमा नियुक्त भएका कतिपयले आफूलाई पूर्व जानकारी नै नदिइ नियुक्त गरेको भन्दै असहमति र आपत्ति जनाउँदै पद अस्वीकार पनि गरिरहेक छन । केहीले भने आफू महाधिवेशनस्थलमा उपस्थित नहुँदा पनि नेतामा नियुक्त गरिएको भन्दै आपत्ति जनाएका छन । यसरी जिम्मेवरी अस्वीकार गर्नेमा प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवाल, राजेन्द्र श्रेष्ठ, यसिमा महत स्वस्तिका थापा लगायत रहनुभएको छ ।

महाधिवेशनमा निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दा नै प्रतिस्पर्धा निषेध गर्दै अध्यक्ष मण्डले नियुक्ति दिएकाहरूले मात्र उम्मेदवारी मनोनय गर्न पाउने व्यवस्था गरिएको थियो । जसका कारण प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्न पाउनुपर्छ भन्ने माग राख्ने बहुमत प्रतिनिधि पक्रियाबाट बाहिरिएका थिए । झण्डै नौ सय प्रतिनिधि रहेको महाधिवेशनमा करिब छ सय प्रतिनिधिको माग र मनोविज्ञानमाथि अध्यक्षमण्डलले हस्तक्षेप गरेर सर्वसम्मतको नाममा एउटा समूहलाई नियुक्ति दिएको हो ।

यसरी अध्यक्ष मण्डलले नियुक्ति दिएकोमा उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा रहनुभएको छ । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवहरुमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी रहनुभएको छ ।

जनसंगठन निर्देशिका विपरित नेतृत्व चयन 

महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष एवं एमालेको जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालकै उपस्थितिमा उहाँको नेतृत्वमा पार्टी सचिावलयले निर्णय गरेर लागू गरेको निर्देशिका विपरित नेतृत्व चयन भएको छ । यद्यपी ढकाल नाम र संख्या घोषणाको समयमा हलमा उपस्थित रहनुभएको थिएन ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको उपस्थितिमा निर्देशिका अनुसरा ९९ सदस्यी कमिटी बनाउनुपर्ने प्रेस चौतारीमा १३७ सदस्यीय कमिटी घोषणा गरिएको छ । एमालेले केही साता अघिमात्र निर्देशिका संशोधन गर्दै केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या ९९ मा सीमित गर्ने र पदाधिकारीको संख्या ९ मा सीमित राख्ने निर्णय गरेको थियो । तर चौतारीले १३७ सदस्यीय कमिटीको घोषणा गरेको छ भने विभिन्न चार आयोगमा ६० जनाको नाम घोषणा गरेको छ । निर्देशिका अनुसार पदाधिकारीलाई नै सचिवालय मान्नुपर्नेमा चौतारीले तीन सदस्यलाई छुट्टै सचिवालय सदस्य भनेर घोषणा गरेको छ ।

यस्तो छ प्रेस चाैतारीमा नियुक्त हुनुभएका नेताहरूको सूची

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार ०९:२२