कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
११ चैत, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ। सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको हो ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार २०:३५