सान्भी इनर्जीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
११ चैत, काठमाडाैं । सान्भी इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हाे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीकाे आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १७:४६