१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा

११ चैत, काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड(साविकको राष्ट्रिय बीमा संस्थान)ले वार्षिक साधारण सभा बाेलाएकाे छ । चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते काठमाडाैंमा  रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे प्रथम साधारण सभा बाेलाएकाे हाे ।

सभामा कम्पनीको सञ्चालक समितिको गत असार ३ गते बसेको बैठकले स्वीकृत गरेको पूँजी वृद्धि योजनालाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्त्रपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १३:१४