सर्वसाधारणका लागि कुमारी बैंकको २० हजार कित्ता सेयर बिक्रीमा
११ चैत, काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आज चैत ११ गतेदेखि २० हजार ३६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । बैंकले यसअघि सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुले सो सेयर खरिदका लागि आवेदन दिन अनुरोध गरेको थियो । तर सो समयमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सो सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्ने छ ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार ०९:२१