१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

एडिलेडमा गित संगै लोक कल्याणकारी सन्देशहरु दिए अमृतले

एडिलेड  । लोककल्याणकारी  सन्देश पस्कदै गित संगितमा नेपथ्यले एडिलेड वासी नेपालीहरुलाई नचाएको छ । गायक अमृत गुरुङले आफ्ना सदावहार गितहरु प्रस्तुत गर्दा स्थानिय हिन्डले स्ट्रिट म्युजिक हल गुञ्जयमान भएको थियो ।

शुरु देखी अन्तिम सम्मका सबै गितमा दर्शनका साथ पाएका गुरुङले समाज र मातृभुमी उपयोगी सन्देशहरु दिएका थिए । उनले प्रवासमा रहेका नेपालीहरुलाई महिनाको एक दिनको आम्दानी शिक्षाबाट बन्चित बालबालिकाहरुमा खर्च अनुरोध गरेका थिए ।कन्सर्टको सुरूवात ‘कोशीको पानी’ बाट गरिएको थियो। त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत गरेका थिए । नेपथ्यका सर्वकालिक हिट गीतहरू ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा´ मात्र नभएर गाउ गाउबाट उठ गित गाउदा हलको पुर्ण साथ पाएका गुरुङको उत्साह अच्चमकै थियो ।

आफ्नो सांगितिक टोलीको परिचय गराउदै बहुसास्कृतिक मुलुक नेपाल जस्तै आफ्नो टिम भएको बताउदै गुरुङले सबै नेपाललाई मिलेर बस्दै आएकाले मिलेरै बस्न अनुरोध गरे ।

नेपथ्यको सांगितिक टोलीमा ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझी रहेका छन् ।

साउथ अष्ट्रेलियामा रहेको राम्रा हल मध्येको हल हिन्डले स्ट्रिट म्युजिक हलमा १६ सय दर्शक सहभागी भएको आयोजक गिरिश इभेन्ट गगन गिरीले बताए ।

अष्ट्रेलियामा जिवनका लागि संघर्ष गरिरहेका युवाहरुलाई लक्षित गर्दै गुरुङले  यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी रहेको बताए । उनीले ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता-कता नरमाइलो पनि नरमाइलो लागेको छ ।

गुरुङले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गर्दै यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन अनुरोध गरे ।  नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न अनुरोध गर्दै मातृभाषा नभए पनि नेपाली भाषा सिकाउन अनुरोध गरे । नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले अनुरोध समेत गरे।

संगितकर्मी क्षितिज सापकोटाले नेपथ्यले युवा देखी वृद्ध सम्म बाध्ने क्षमता रहेको बताए । हल पनि सच्चिकै एडिलेडमा २००८ भन्दा अगाडि आएका देखी भर्खरै दुई महिना अगाडी आएका युवाको पनि सहभागी रहेको थियो । सापकोटाले गुरुङको सादा जिवनले पनि उनी प्रतिको क्रेज बढेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १७:०४