नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
१० चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार विभिन्न दुइ कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सपोर्ट लघुवित्त र सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बोनस बापतको १ लाख ४८ हजार २४५.०९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तैगरी, नेप्सेमा सुर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस बापतको ६ लाख २६ हजार १९९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरूकाे सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १५:५३