गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त
१० चैत, काठमाडाैं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त हुनुभएकाे छ । चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई चैत ११ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उहाँकाे कार्यकाल ४ वर्षको हुनेछ ।
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १५:०४