१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

१० चैत, काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता हुन सक्ने बैंकले जनाएको छ । यसकाे साँवा तथा ब्याज भुक्तानी चैत ३१ गते हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १२:४१