उपकार लघुवित्तको ४ लाख २३ हजार कित्ता सेयरको लक इन अवधि वैशाखमा सकिँदै
१० चैत, काठमाडाैं। उपकार लघुवित्त वित्तीय संस्थाको लक इन समयावधि आगामी बैशाखमा समाप्त हुने भएको छ । वैशाख ८ गतेबाट कम्पनीकाे ४ लाख २३ हजार २८१ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । लघुवित्तका अनुसार संस्थाका संस्थापक संस्थापक सेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीको ३ हजार २८१ कित्ता सेयर रहेको छ।
धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार कुनै पनि कम्पनीका संस्थापक, स्थानीय र कर्मचारीको साधारण सेयर आइपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ११:०२