कम्युनिस्टको झण्डा बोकेका संगठनमा पनि पद लिलाम हुन थाल्योः इन्द्र आचार्य
१० चैत, विराटनगर । नेकपा (एमाले)को जनवर्गीय संगठन प्रेस चौतारी नेपालका कोषाध्यक्ष इन्द्र आचार्यले कम्युनिस्टको झण्डा बोकेका संगठनमा पनि पद लिलाम हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन सत्रको केही घण्टा अघिमात्र फेसबुक मार्फत सन्देश सार्वजनिक गर्दै कोषाध्यक्ष आचार्यले ‘दिवार भत्काउन दिलमा हिर्काउनु पर्ने रहेछ, यसैले म अघि बढे’ शीर्षमा गम्भीर विषयहरूको उठान गर्नुभएको छ ।
प्रेस चौतारीमा महाधिवेशन अघिनै विभिन्न नाममा पदहरू खरिद बिक्री भएको भनेर चर्चा चलिरहेको सन्दर्भमा मुल नेतृत्वको निकट रहेर लामो समय काम गर्दै आउनुभएको आचार्यको टिप्प्णीले महाधिवेशनमा भैरहेको अदृष्य खेलहरूको बारेमा गम्भीर संकेत गरेको छ ।
आचार्यको पूरा टिप्पणी तल हेर्न सक्नुहून्छ
“दिवार भत्काउन दिलमा हिर्काउनु पर्ने रहेछ, यसैले म अघि बढे”
विश्व एआई, डिजिटल प्लाटफर्म, शाेसल मिडिया (न्यू मिडिया) का अकल्पनीय रुपहरुबाट बेठित भइरहेकाे छ । यी चलाउँन जान्दा अमृतबाँड, नजान्दा एटम भन्दा घातक मिसाइल बनिरहेका छन् । हिजाे मिसन जर्नालिज्म् काे मुल कार्यभार पाएका पत्रकारिता क्षेत्रका संगठनहरु उक्त मिलाइलहरुबाट हुने कु-प्रचारकाे प्रतिरक्षा प्रणालीकाे रुपमा खडा हुनुपर्ने, त्यसका लागि ज्ञान-सीप र याेग्यताले निपूर्ण लेखक, प्रस्ताेता र निर्माता तयार गर्नु आजकाे पहिलाे शर्त हाे । उनीहरुलाई आँट, भराेसा दिलानु संगठनहरुकाे मुल कार्यभार हाे ।
मानिस जन्मिएपछि बिस्तारै चेतना भरिदै जान्छ । चेतनासँगै विचारले सुशाेभित गराउने हाे भने उ स्वयंले आफ्नाे स्पष्ट मार्गदिशा देख्छ । याेग्यता र दक्षताले भरिएकाे पेसाकर्मी विचारले आलाेपित भयाे भने, विज्ञानमा कराेडाैं-कराेड अणुहरुकाे मिश्रणबाट आउने परिणाम भन्दा असंख्य नतिजा हासिल गर्न सकिन्छ । शाेसल मिडियामा कन्टेन क्रियट गरिरहेका लाखाैंकाे संख्यालाई याे मार्गदिशामा जाेडेर नयाँ कार्यदिशामा अघि बढ्ने हाे भने प्रेस चाैतारी नेपाल देशकै सबै क्षेत्रका संगठनहरुभन्दा शक्तिशाली बन्छ । मुलुक र समाजलाई दिशानिर्देश गर्ने पहिलाे अंग बन्छ । अर्थतन्त्रकाे प्रमुख खम्बा बन्छ । विदेशी मुद्रा आर्जन गर्ने पहिलाे गन्तव्य बन्छ ।
तर कांग्रेसमा त थियाे-थियाे, कम्युनिस्टकाे झण्डा बाेकेका संगठनहरुमापनि याेग्ता, दक्षतायुक्त विचार दीक्षितहरुकाे शीरमा धाेती चढाएर अर्थ लिलाम (बढाबढ) मा पद बिक्री हुने, व्यक्ति पुजकलाई अवसर दिने संक्रमण फैलिदाे छ । यही संक्रमणले जनवादकाे ज्याेतिबाट विशाल जनमत पाइरहेकाहरु आज फूलेकाे बेलुनबाट हावा निकालिसकेकाे अवस्था झै भएका छन् । याे सबै देखेपछि मैले प्रेस चाैतारी नेपालसँगकाे यात्रा केही समयका लागि विश्राम लिने धेरै अगाडि नै निर्णय लिएकाे हुँ । धक्का माथि दिएर मात्र पुग्दैन । दिवार भत्काउनु छ त, दिलमै हिर्काउन तयार हुनुपर्छ । संगठनकै परिधिभित्र बाँधिएर हिर्काउन सकिन्न । दिलमै हिर्काउन सक्नेहरुकाे गठजाेडबाट याे सम्भव छ भनेर नै मेराे अबकाे मार्गदिशा यतातर्फकाे हाे । म स्पस्ट छु । कम्युनिस्ट आन्दाेलन थप बलियाे बनाउँन, जनवादबाट आउँने परिणामलाई थप सुधार गर्न अब मेराे उर्जा खर्च हुनेछ । १२ बर्ष प्रेस चाैतारी नेपालकाे केन्द्रीय समितिमा बसेर क्रियाशील समय विताए । दस बर्ष लगातार केन्द्रीय काेषाध्यक्ष रहेर संगठनलाई याेगदान दिए । केन्द्रीय सञ्चार प्रतिष्ठानहरुमा नेतृत्वदायी पदमा बसेर काम गरे । आफ्नाे पेसा र संगठनमा काम गर्दै पार्टीका विभिन्न तहमा याेगदान गरे । मेराे जन्मथलाे खाेटाङमा एमालेकाे जनमत बृद्विका लागि साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयाेग गरे । बुढी आमा भेट्न र चाडपर्वमा पुगिरहने समय मिलाउन नसक्दाकाे परिस्थितिमा समेत पार्टीका हरेक चुनावी अभियानमा पुगे, हाेमिए । याे सक्रियताले मलाई ज्यादै सन्तुष्टि दपएकाे छ ।
डिजिटल दुनियाँमा केबल लेखक, प्रस्ताेता, उत्पादककाे रुपमा मात्र सिमित राखिन । म कुनै आईटीमा उपल्लाे तहमा पढेर कयाैं बर्ष अनुभव हासिल गरेकाे भन्दा कम छैन । डिजिटल अस्त्र र डिजिटल प्रतिरक्षा बनाउँन म आफैं कफि छु । हाल ४५ लाख फलाेअर्स भएका शाेसल मिडियाकाे अधिपत्य हातमा छ । कानून र आफ्नाे क्षेत्रसँग सम्बन्धित विषयका उपल्लाे शैक्षिक याेग्यता छन् । महिनाकाे लाखाैं वेतनमा बिक्ने याेग्यता र क्षमता अझै साझा साैदाबजीमा लगाउँछु, पेसा र पेसाकर्मीकाे प्रतिष्ठा बढाउन खर्च गर्छु भन्दापनि स्थान देख्न नपाउँनु दु:खद त हाे नै । जनवादबाट जनप्रिय बनाउँन सबै शक्ति खर्चिन्छु भन्दापनि प्रश्न उठ्छ भने स्वभाविक रुपमा आफ्नाे मार्गदिशा अठ्याउनुपर्छ । मेरा मुद्दा र दृष्टिकोणमा विराटनगरमा उपस्थित प्रतिनिधिकाे साथ छ भने म अझैपनि तल्ला पद बाहेक नेतृत्व लिन तयार छु । नत्र हामीले साेचेजस्ताे भएमा केही बर्षपछिपनि यही संगठनमा फेरि हुनेछ । अन्यथा हाम्राे भेट कम्युनिस्ट आन्दाेलनका हरेक माेर्चामा हुनेछ । अन्ततः तपाईं हामी सबैकाे गन्तव्य त्यही हाे । जयप्रेस जयदेश
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ०९:४९