१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

आईपीओ निष्कासन गर्दै सभापोखरी हाईड्रोपावर

१० चैत, काठमाडाैं । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएकाे छ । आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बाेलाएकाे हो ।

कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत ३० गते काठमाडाैंकाे वनस्थलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ ।

सभामा कम्पनीको प्रवन्धपत्र,नियमावली तथा प्रचलित कानूनको अधिनमा रही आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगागतका प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ०९:२०