११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

नेरुडे मिर्मिरे लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

८ चैत, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनी निराश बजाएको हो ।

यस्तै बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रभाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १०:४८