२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

स्वाभिमान लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

८ चैत, काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत पश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १०:३९