एनएमबि बैंकको १ लाख २२ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
८ चैत, काठमाडौं । एनएमबि बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । साथै, तोकिएको समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार ०९:५८