१० चैत्र २०८१, आईतवार | Sun Mar 23 2025

आलु उसिन्ने कुकर पड्केर घाइते भए नुवाकोटका विशाल

७ चैत, काठमाडौँ । आलु उसिनिरहेको कुकर पड्केर नुवाकोटका एक युवा घाइते भएका छन । बुधबार साँझ ६ बजेको समयमा काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नम्वर ०३ तिनपिप्लेस्थित सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजा घरमा कुकर पड्किदाँ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ९ घर  भएका विशाल तामाङ घाइते भएका छन ।

घटना लगत्तै कीर्तिपुर अस्पतालमा उपचारका लागि लगिएकोमा सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो । विशालको अुनहारमा सामान्य चोट लागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विशाल नुवाकोट स्थायी घर भए पनि तिनपिप्ले नै बस्दै आएका छन ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १८:२०