१० चैत्र २०८१, आईतवार | Sun Mar 23 2025

कहिले हुन्छ ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँड ?

७ चैत, काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ अर्को साता मात्रै बाँडफाँड हुने बताएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएको थिए । आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४७ हजार ६०० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् । भने १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १२:१०