आज कति छ सुनचाँदीको मूल्य ?
७ चैत, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १०:५७