२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

बिहीबारबाट अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम कायम हुने

६ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबारदेखि भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य कायम गर्ने भएकाे छ । बुधवार एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी गराएको हाे ।

नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सूचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १७:४६