१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

बैंकिङ प्रणालीमा अधिक तरलता, आज बजारबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक

६ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा झिक्न थालेकाे छ। तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले आज चैत ६ गते फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्न लागेकाे हाे। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी चैत २७ गते हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ११:२१