१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह

६ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक बर्ष २०७५/७६ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले जनाएकाे छ । साे अवधिसम्म पनि उक्त रकम बुझिलिन बाँकी रहेमा साे नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १०:११