प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता सेयर बिक्रीमा
६ चैत, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०९:३७