८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

अनेरास्ववियुलाई सोत्तर बनाउँदै पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वयं श्रेष्ठ विजयी

५ चैत काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा सत्तारूढ नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुलाई सोत्तर बनाउँदै सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनुभएको छ । सभापतिमा उम्मेदवारी दिएको अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघ पनि ट्वाँ परेको छ । सत्तारूढ अनेरास्ववियु समानुपातिक बाहेकको निर्वाचनमा सोत्तर भएको छ । यसअघि २०७९ मा भएको स्ववियु चुनावमा अनेरास्ववियुका विराज अर्याल विजयी हुनुभएको थियो । उहाँ यसपटक पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो तर उहाँ तेस्रो हुनुभएको छ ।

विजयी श्रेष्ठले ११ सय २ मत प्राप्त गर्नुभएको छ । उहाँ यसअघि स्ववियु सदस्य हुनुहुन्थ्यो । २०७९को स्ववियु निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर नै श्रेष्ठ विजयी हुनुभएको थियो ।श्रेष्ठ १६ बुँदे योजना बनाएर चुनावी मैदानमा होमिनुभएको थियो । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत प्राप्त गर्नुभएको छ ।

dainiki.com

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर विजयी हुनुभएको छ भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर विजयी हुनुभएको छ । पुल्चोकमा ३ हजार ८०७ मतादाता रहेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार २०:२६