व्यवसायीक संस्थाहरुको क्रिकेटमा नमस्ते सुपर मार्केट बिजयी, च्यारिटिका लागि उठ्यो रकम
एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसिसन(एन्का) को आयोजना साउथ अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी संस्थाहरुको क्रिकेट प्रतियोगिता `एन्का सिक्स ए साइड टुनामेन्ट २०२५´ मा नमस्ते सुपर मार्केट सल्सवेरी विजयी भएको छ । भने फ्लाईट कनेक्ट उप विजेता भएको छ ।
प्रतियोगितामा ८ व्यवसायिक टिम सहभागी थिए । स्थानिय वेस्ट विच खेल मैदानमा भएको खेलमा उत्कृष्ट खेलाडी: संगम गौतम (एक्सपर्ट), उत्कृष्ट ब्याट्सम्यान : देशम (आईईए वारियर), उत्कृष्ट फिल्डिङ : विनायक श्रेष्ठ (अमेक्स), उत्कृष्ट बलर: शिव शर्मा (आईईए वारियर) भएका थिए ।
व्यवसायिक टिमहरु बाहेक सहित जोरा फाउन्डसनको सहयोगका लागि च्यारिटी खेल प्रोफेस्नल र एजेन्ट विच समेत खेल भएको थियो । जसमा एजेन्ट टिम विजयी भएको थियो । जसमा प्रोफेस्नल टिमको नेतृत्व कानुन व्यवसायी मोती नराल र एजेन्ट टिमको नेतृत्व एक्सपर्ट एडिलेड निर्देशक रुपक बर्तौलाले गर्नु भएको थियो । यस खेलमा जोरा फाउन्डेसनको सहयोगार्थ छ हजार चार सय अष्ट्रेलियन डलर संकलन गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले एडिलेडमा विभिन्न खेलहरुमा महत्वपुर्ण सहयोग गर्ने व्यवसायीक संस्थाहरुलाई प्रसंशा गर्दै खेल व्यवसायी संस्था विच सम्वन्ध बढाउन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाले प्रतियोगिता प्रतिस्पर्धा संगै मनोरञ्जनका लागि पनि भएकाले खेलाडी अफिसियल व्यवस्थापक दर्शक सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा च्यारिटी खेलका व्यवसायी खेलका विजेता र उप विजेता टिमका कप्तानहरु तथा च्यारिटी खेलका कप्तान र उप कप्तानहरुले मन्तव्य राख्नु भएको थियो ।
विजेता नमस्ते सुपर मार्रकेट लाई नगद दुई हजार अष्ट्रेलियन डलर, कप र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो भने उप विजेता कप तथा टिमका खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी लगायत एन्का पदाधिकारीहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १८:११