६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

आईपीओ निष्काशन गर्दै दुई कम्पनी, कुनको कति ?

५ चैत, काठमाडौं । विभिन्न दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । दुई हाईड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन छन् । आईपीओ निष्कासन गर्ने अनुमति माग्दै मेवा डेभलोपर्स लिमिटेड र आरती पावर कम्पनीले बोर्डमा निवेदन दिएका हुन् ।

मेवा डेभलोपर्सले १ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति माग गरेको छ । त्यस्तै, आरती पावर कम्पनीले ३६ करोड रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका हो । अब बोर्डले अनुमति दिएपछि यी कम्पनीहरूले आइपीओ निष्काशन गर्ने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:५९