५ चैत्र २०८१, मंगलवार | Wed Mar 19 2025

मंगलबार पनि घट्यो बजार, कारोबार रकममा निरन्तर गिरावट

५ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५० हजार ८३४ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँबराबरको ८२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज ८६ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने १५२ वटा कम्पनीको भने घटेको देखिन्छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १५:१६