५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका कुशाङ सार्वजनिक

५ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट करिव २५ करोड रुपैयाँको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका कुसाङ लामा रहेका छन् । उनलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले  उनिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए। थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १४:५१