५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

सन नेपाल लाइफले हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति

५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो।

अब कम्पनीले हाल कायम चुक्तापुँजीको १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १४:२५