५ चैत्र २०८१, मंगलवार | Wed Mar 19 2025

स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन

५ चैत, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित ‘विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडाैंको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु, काठमाण्डौले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । यस्तै प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमूखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारीहरु लगायत अभिभावकहरुको समेत सहभागीता थियो

स्वावलम्वन लघुवित्तले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा÷उपशाखा र ९ वटा ईलाका कार्यालयहरु मार्फत करीव २ लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ/वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १३:४०