२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त

४ फागुन, काठमाडाैँ । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नयाँ आईजीपी पदमा नियुक्त गरेको हो।

हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गरेको हो।

आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा हुनुहुन्थ्याे ।

उहाँहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएकाे थियाे ।

प्रकाशित मिति : 19:04