४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुँदै

४ चैत, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि चैत ५ गते मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ भोलि कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । याे मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको हाे । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट बाँडफाँड हुने हुने भएकाे छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १८:०४