१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

कारागारबाट ढाका टाेपी लगाएर सिधै सिंहदरबार पुगे रेशम चाैधरी

१९ पुस, काठमाडाैँ । कैलालीको टीकापुरमा एक दुधे बालकसहित सात प्रहरीको विभत्स हत्याको मुख्य योजनाकार रेशम चाैधरी अाज सपथ लिने भएका छन । टीकापुर घटनाका मुख्य अभियुक्त भएकै कारण हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका थिए । तर चौधरीले आज सभामुखसँग सपथ लिने लागेका हुन ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले दिउँदाे ३ बजे चौधरीलाई संसद सचिवालयमा सपथ गराउन लागिएको छ । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली-१ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १४:५७