३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड मिति तय, साढे १८ लाखको हात खाली हुने

३ चैत, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपीओ चैत ५ गते मंगलबार बिहान ८ः३०  बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने भएकाे छ ।

कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार बढीको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १६:१८