सर्वसाधारणका लागि फरवार्ड माइक्रोफाइनान्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
३ चैत, काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले आज चैत ३ गतेबाट १९ करोड बढी संस्थापक सेयर बिक्रीमा राखेको हो । लघुवित्तले संस्थापक समूहको ३ लाख ६३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १२:४०