३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

३ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार घरेलु बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज  चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार ११:०८