२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेको सीइओको लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ भएको छ ।

नेप्सेको सीइओका लागि चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्यालको नाम सर्टलिस्टमा परेको सीईओ पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले जनाएको छ ।  नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए। जसमध्ये ५ जना ‘सर्टलिस्ट’ मा परेका हुन् ।

प्रकाशित मिति : 10:38