३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

राष्ट्रिय अपाङ्गता संगठन नुवाकोटको अध्यक्षमा दामोदर नेपाल

नुवाकोट । राष्ट्रिय अपाङ्गता संगठन नुवाकोटको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ । शनिबार नुवाकोटको बट्टारमा रहेको बाजेको सेकुवामा भएको अधिवेशनबाट नेपाल अध्यक्षमा चयन हुनुभएको हो । व्यवसाय र समाजसेवामा परिचित नेपाल एमाले विदुर २ को वडा कमिटीको अध्यक्ष समेत हुनुहुन्छ ।

अधिवेशनबाट उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा सन्तोष लामिछाने, उपसचिवमा सुमन श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा सुमित्रा ओझा, सहदेव थापा, संजोक मिश्र, रवि रिमाल, छाँया देवी झ्यारि मगर, पार्वती श्रेष्ठ र प्रभा थपलिया चयन हुनुभएको छ ।

राष्ट्रिय अपाङ्गता संगठनका केन्द्रीय उपाध्यक्ष रमेश लामा, केन्द्रीय सदस्य रामप्रसाद धमला, नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उपसचिव एवं जनवर्गीय संगठनका इन्चार्ज राजेन्द्रप्रकाश पाण्डे, एमाले विदुर नगर कमिटीका पूर्व अध्यक्ष अनुजकुमार श्रेष्ठ, बुद्धिजिवी परिषद् नुवाकोटका सचिव विष्णुकुमार चित्रकार र एमाले विदुरका नेता डिल्ली गजुरेल लगायतले अधिवेशनमा उपस्थित भएर शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार १५:५४