१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

वाइडबडी विमान खरिद प्रकरणः भ्रष्टाचारमा संलग्न जो भएपनि कारबाही हुन्छः प्रधानमन्त्री

१८ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर भए जोसुकै संलग्न भए पनि कारबाही हुने उद्घाेष गरेका छन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार गरेको प्रतिवेदनमा ४ अर्ब ३५ करोड ५२ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्र देव लगायत ३७ जनालाई कारबाही गर्न सिफारिस गरेको दिन प्रधानमन्त्रीले यस्तो बताएका हुन ।

बुधबार बेलुका मनोज पाण्डेको कथा नेपालको कार्यक्रम जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले वाइडबडी विमान खरिदमा छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान अायोगलाई अाग्रह गरे । सरकारले पनि उच्चस्तरीय छानविन समिति गठन गरेर अनुसन्धान गर्ने बताउँदै प्रधानमन्त्री अोलीले समितिमा पेश हुनु अगावै प्रतिवेदनका बारेमा सञ्चार माध्यममा सूचना चुहिएको असन्तुष्टि जनाए । उनले समितिको बैठकमा पेश गर्न तयार गरेको प्रतिवेदन तयार हुनुअघि नै कसरी मिडियामा अायो भन्दै असन्तुष्टि जनाए ।

प्रधानमन्त्री अोलीले कांग्रेस सभापति देउवाले छानविनको माग गर्नु स्वभाविक भएको भन्दै सरकार भ्रष्टाचारविरूद्ध कठोर रहेको भन्दै दोषी देखिने सबैलाई कारबाही हुने प्रतिवद्धता पनि जाहेर गरे । कारबाहीको सिफारिसमा पर्नेमा वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसहित नेपाल सरकारका तीन सचिव समेत रहेका छन । मंगलबार राति अबेर सकिएको उपसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो । उपसमितिका एक जना सदस्यका अनुसार समितिले करिव ४ अर्ब ३५ करोड ५२ लाख भ्रष्टाचार भएको ठहर गरेको छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार २२:३२