२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

एडिलेड नेपाल महोत्सबका लागि यस्तो बन्दैछ `नेपाल हाउस´

एडिलेड । नेपाल महोत्सव  २०२५, एडिलेडको आकर्षण नेपाल हाउस निर्माणको तयारी तिव्र रुपमा अगाडि बढेको छ ।  अष्ट्रेलियाका नेपाल महोत्सवहरुमा दर्शकहरुको प्रमुख आकर्षणहरु मध्येमा नेपाल हाउस पर्दै आएको छ । यसमा नेपालको कला संस्कृति मात्र नभएर महत्वपुर्ण स्थलका स्वरुप नै वा तस्विरहरु राखेर नेपाललाई चिनाउने प्रयास गरिन्छ ।

नेपाल हाउस विशेष हुने नेपाल हाउस निर्माण समितिका संयोजक पुष्कर कोइरालाले बताउनु भयो । उहाले अष्ट्रेलियामा जन्मे हुर्केका मात्र हैनन, अष्ट्रेलिया रहेका पछिल्लो पुस्ताका युवाहरु नेपाली परम्परागत बस्तुहरुबाट टाढा छन् त्यस्ता युवाहरुलाई पनि परम्परागत बस्तुहरु देखाउनु जानकारी गराउने उद्देश्य राखेर नेपाल हाउस निर्माण गरिएको बताउनु भयो ।

उहाले नेपाली परम्परागत बाजाहरु, ढिकी, जातो, मात्र नभएर हलो जुवा समेत दर्शकहरुले अवलोकन गर्न पाउने बताउनु भयो । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गेधारा, ईनार, घर, बौद्ध चैत्य, मन्दिर स्वरुप निर्माण गरिएको छ ।

पेशाले इन्जिनियर समेत रहेका कोइरालाले काठमाडौंको महत्वपुर्ण कुमारी, एक सिङ्गे गैडा  र विशेष प्रयासबाट नेपालबाट झिकाईएको रथ देखि विभिन्न नेपालका सांस्कृतिक पोशाकहरु समेत प्रदर्शन गरिने बताउनु भयो ।

उहाले नेपाली पंचे बाजा, मौलिक बाजा सहित सांस्कृतिक बस्तुहरु प्रदर्शनी गर्ने बताउदै नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने बताउनु भयो । उहाले समग्रहमा गत बर्षमा प्रदर्शनी गरिएका विषयवस्तुलाई निरन्तरता दिदै थपमा एक सिङ्गे गैडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्य लगायत थप गरिएको बताउनु भयो ।

गत बर्षहरुमा समेत नेपाल महोत्सवमा आकर्षणको केन्द्र बन्ने गरेको नेपाली सांस्कृतिक पोशाकहरुको संकलन तथा व्यवस्थापनमा क्रियाशिल तमु घी साउथ अष्ट्रेलिया अध्यक्ष सिमा गुरुङले चार जात छत्तिस बर्णको सिङ्गो नेपाललाई नेपाल हाउसमा प्रदर्शन गर्ने बताउनु भयो ।

फाईल तस्विर, गत बर्षको प्रदर्शनी स्थल

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले नेपाल चिनाउने विभिन्न प्रस्तुति मध्ये नेपाल हाउस प्रमुख भएको बताउनु भयो । उहाले नेपालको मेची देखी काली सम्ममा हिमाल देखी तराई सम्मका भेषभुषा, परम्परागत सामाग्रीहरु, ऐतिहासिक बिषय बस्तुहरु र महत्वपुर्ण नेपाल चिनाउने स्थलहरु प्रदर्शनबाट गैर नेपाली देखि नयाँ पुस्ता सम्मलाई नेपाल संग जोड्ने मुख्य अभिभारा पुरा गर्ने प्रयास गर्ने बताउनु भयो ।

एनआरएनए साउथ अष्ट्रेलिया सचिव गणेश पराजुलीले प्रवासको व्यस्ताको विचमा एक महिना अगाडि देखि नेपाल हाउस निर्माणमा क्रियाशिल रहेको बताउदै नेपाल हाउसमा सिङ्गो नेपाललाई प्रदर्शनको प्रयास गरिन लागेको बताउनु भयो ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार ०३:०३