भ्रष्टाचारको आराेप लागेपनि पर्यटनमन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिने
१८ पुस, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले भ्रष्टाचारकाे अाराेप लागेपनि राजिनामा तत्काल राजिनामा नदिने भएका छन । भैरहवाबाट काठमाडौं फर्के लगत्तै बुधबार मन्त्रालयमा लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेकाे प्रतिवेदन अध्ययनपछि तत्काल राजिनामा नदिने निर्णय लिएका हुन ।
सार्वजनिक लेखा समितिमा छलफल हुनै बाँकी रहेकाे र समितिले के निर्देशन दिन्छ भन्ने अाधारमा अघि बढ्ने निर्णय लिने उनका स्वकीय सचिव कृष्ण अाचार्यले बताए । उनले रविन्द्र अधिकारीकाे माेबाइल फाेन अाफैँ उठाउँदे भने `मन्त्रीजंयू अहिले छलफलमा हुनुहुन्छ । उहाँले समितिकाे निर्णयपछि अाफ्नाे निर्णय गर्ने विचार गर्नु भएकाे छ ।´
मन्त्री अधिकारीले तत्काल अाफ्नाे संलग्नता नरहेकाे बारेमा एउटा धारणा सार्वजनिक गर्ने तयारी गरेका छन । धेरैले मन्त्री अधिकारीले तत्कालै राजिनामा दिने अपेक्षा गरेका थिए । तर वाइडबडी खरिदमा भ्रष्टाचार नै नभएकाे दाबी गर्दै अाएका मन्त्री अधिकारी उपसमितिले ४ अर्ब ३५ कराेड ५२ लाख भ्रष्टाचार गरेकाे ठहर गरेपछि समस्यामा परेका छन ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १७:२१