वाइडबडी खरिद भ्रष्टाचारमा लेखा समितिले दाेषी देखाएपछि पर्यटनमन्त्री आन्तरिक छलफलमा
१८ पुस, काठमाडौँ । भ्रष्टाचारकाे गम्भीर अाराेप लागेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी अान्तरिक छलफलमा जुटेका छन । लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई समेत भ्रष्टाचारमा संलग्न रहेकाे भन्दै कारबाही सिफारिस गरेपछि यतिखेर मन्त्री अधिकारी मन्त्रालयमा अाफ्ना सहयाेगी र शुभेच्छुकसँग सल्लाह गरिरहेका छन ।
मन्त्री अधिकारीले अाजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर कसरी अघि बढ्ने भन्नेमा निर्णय लिने बुझिएकाे छ । मन्त्री अधिकारी आफैँले यसअघि पटक पटक नैतिकताकाे कुरा गर्दै राजनीतिबाटै सन्यास लिने घाेषणा गरेका कारण आाज अधिकारी अफ्ठेराेमा परेका छन । लेखा समितिमा बुधबार सार्वजनिक प्रतिवेेदनले अधिकारीलाई दाेषी दाेखाएकाे छ । यद्यपी लेखा समितिको निष्कर्ष भने पूर्वाग्रही देखिएकाे छ ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १६:००