माछापुच्छ्रे बैंकको नयाँ शाखा कोटेश्वरमा सुरु
१८ पुस, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले बुधबार काठमाडौँ महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो।

बैंकका सञ्चालक राम मान श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे। नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ। यस सगैँ काठमाडौँ उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १५:२६








