नदीमा हामफालेका ७९ वर्षीय खिला शर्मा अधिकारीलाई सशस्त्र प्रहरीले बचायो
९ फागुन, काठमाडौँ । सशस्त्र प्रहरीले चितवनको भरतपुरमा नदीमा हामफालेका एक बृद्धको ज्यान बचाएको छ । शुक्रबार चितवन जिल्ला भरतपुर महानगरपालिका (३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका भरतपुर-२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारीको ज्यान बचाएको हो ।
सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइआरटी)ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १६:०४












