१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

अधिवेशनका लागि पत्रकारहरु राजधानीमा, राजदुतद्धारा स्वागत

क्यानवेरा । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोशियस (एन्जा) को तेस्रो अधिवेशन ( २१-२२ फ्रेब्रअरी) का लागि राजधानी क्यानवेरामा उपस्थित पत्रकारहरुलाई  नेपाली दुतावासद्धारा दिवा भोजको आयोजना गरि स्वागत गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नव नियुक्त राजदुत चित्रलेखा यादवले आफु नयाँ भएकाले पत्रकारहरु संग आफुले धेरै कुरा सिक्न वाकी रहेको बताउदै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । राजदुत यादवले नयाँ नेतृत्वका लागि वृहद रुपमा छलफल गरेर अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एन्जा अध्यक्ष चिरञ्जीवी देवकोटाले अधिवेशनमा अष्ट्रेलियाका सबै राज्यबाट प्रतिनिधित्व हुने बताउदै नेपालीमुलका पत्रकारहरुले सामुदायिक पत्रकारिता गर्दै यहा रहेका दुई लाख भन्दा बढि नेपाली नेपाल र अष्ट्रेलिया संग जोड्ने काम गरिरहेको बताउनु भयो ।

राजधानी क्यानवेरा स्थित मुस्ताङ नेपाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एन्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले, वर्तमान उपाध्यक्षहरु कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर, महासचिव नारायण खड्का, सचिव सरल गुरुङ, कोषाध्यक्ष खगेन्द्र सत्याल सहितका प्रतिनिधि तथा परिवेक्षकहरुको उपस्थिति रहेको थियो ।

शुक्रवार साँझ गाला डिनर हुने र शनिवार हुने वन्द सत्रले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ  । भने शनिवार साझ नै नयाँ नेतृत्वको सपथ ग्रहण तथा टिका कार्की पत्रकारिता पुरस्कार वितरण हुने एन्जा प्रवक्ता तक्दिर अधिकारीले जानकारी  दिनु भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १३:१६