२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

‘लाज शरणम्’का कारण आजको ‘सक्किगोनि’ पनि रोकियो, यस्तो छ पाँडेको प्रतिक्रिया

८ फागुनफ, काठमाडौँ । हरेक साताको बिहीबार राति हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिसिरियल ‘सक्किगोनि’ आज प्रशारण नहुने भएको छ । ‘सक्किगोनी’ टिमले नै बनाएको चलचित्र ‘लाज शरणम्’को प्रचारमा अदालतले रोक लगाएपछि उक्त चलचित्रको प्रमोशन हुने गरी तयार पारिएको श्रृङ्खला प्रशारण गर्न नसकिएको निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

उहाँले सक्किगोनि परिवारका नाममा सन्देश दिँदै भन्नुभएको छ, ‘सम्पुर्ण दर्शकहरुमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र “लाज शरणम्” को प्रचारप्रसारमा रोक लगाएपछि हामिले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल “सक्किगोनि” को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पुर्णमा पर्न गएको असुविधा प्रती हामी क्षमाप्रार्थी छौँ । – सक्किगोनि परिवार’

प्रकाशित मिति : 16:37