२६ चैत्र २०८१, मंगलवार | Tue Apr 8 2025

एडिलेडमा शिव परियार सहित कलाकारहरुको सम्मान

एडिलेड । अष्ट्रेलियाको एडिलेडमा कलाकारहरु शिव परियार, करण परियार,  सलोमी गुरुङ, अभिनेत्री झरना रिसालको सम्मान गरिएको छ । सांगितिक यात्राको क्रममा बुधवार एडिलेड आईपुगेका कलाकाहरुले नेप्को ग्रुपले सम्मान गरेको हो ।

साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका अवैतनिक  वाणिज्यदुत दिपक धमला र म्यारियन काउन्सीलकी काउन्सिलर रेनुका लामाले सम्मान गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वाणिज्यदुत धमलाले साउथ अष्ट्रेलियामा नेपालीहरुको संख्या बढे संगै कलाकारहरुको यात्राको क्रम बढेकाले खुशी व्यक्त गर्नु भयो । काउन्सीलरले लामाले नेपाली समुदाय बढे संगै नेपाली कलाकारहरुलाई प्रत्येक महिना जस्तो स्वागत गर्न पाएको बताउदै नेपाली गित संगित क्षेत्रमा प्रवासले महत्वपुर्ण सहयोग गर्ने सफल भएको बताउनु भयो ।

सम्मानितहरुको तर्फबाट बोल्दै कलाकार शिव परियारले अष्ट्रेलिया आफु पटक पटक आउदै गरेको बताउदै यहाका नेपाली समुदायको मायाका लागि आभार व्यक्त गर्नु भयो । नेप्को समुहका निर्देशक दिपक लामाले एडिलेडले सधै कलाकारहरुलाई विशेष माया र सम्मान गर्ने गरेको बताउनु भयो ।

एनआरएनए आईसिसि सदस्य सुजन अधिकारीले विश्व भरि रहेका नेपाली समुदाय आफ्ना प्रिय कलाकारहरुको सम्मान र प्रेम गर्दै आएको बताउदै यसको कारणले पनि पछिल्लो समय नेपाली कला तथा संगित क्षेत्रमा नयाँ नयाँ कलाकारहरु आउन सफल हुनु भएको बताउनु भयो ।

स्थानिय ग्लेनेलको शेर्पा नेपाली रेष्टुरेन्टमा आयोजित कार्यक्रमको संचालन सारङ्गी इभेन्टका निर्देशक विकास पौडेलले गर्नु भएको थियो ।

चर्चित गायक शिव परियार, नेपाल आइडल सिजन ५ का विजेता करण परियार, प्रथम उपविजेता सलोमी गुरुङ तथा चर्चित नेपाली अभिनेत्री झरना रिसाल आगामी शुक्रवार साझ सारङ्गी इभेन्टको आयोजनामा हुने सांगितिक कार्यक्रमका लागी बुधवार देखी एडिलेड रहेका छन् । शुक्रवार साझ ६ बजेबाट एभरेष्ट इभेन्ट सेन्टर, म्यारियन रोडमा शिव परियार उईथ नेपाल आइडल सांगितिक कार्यक्रम हुने आयोजकहरुले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार ०४:४४