आध्यात्म चिन्तक योगी एडिलेडमा, विशेष प्रवचन हुदै, को हुन् योगी
एडिलेड । आध्यात्म चिन्तक डा. चिन्तामणी नाथ योगी आफ्नो अष्ट्रेलिया भ्रमणको क्रममा शनिवार एडिलेड आईपुग्नु भएको छ ।
आफ्ना जिवन र जगत सम्वन्धी मानव उपयोगी प्रबचनहरुका लागि नेपाल सहित धेरै देशहरुमा चर्चित योगी २०१२ देखी नै अष्ट्रेलियामा रहेको नेपाल समुदाय संग जोडिनु भएको सामाजिक अभियन्ता राजु उपाध्यायले बताउनु भयो । यहि क्रममा फ्रेब्रअरी २१ शुक्रवार साँझ ५ बजे देखी ८ बजे सम्म प्रवचन दिनुहुने भएको छ । स्थानिय मिचेल पार्क कम्युनिटी सेन्टरमा हुने कार्यक्रमको प्रवेश नि शुल्क रहेको व्यवसायी तथा सामाजिक अभिन्ता प्रकाश थापाले बताउनु भयो । नेपाली भजन कीर्तन समुहको सहयोगमा कार्यक्रम हुने समेत उहाले बताउनु भयो ।
योगीले गत आईतवार नेपाली पाठशालामा प्रवचन दिनु भएको थियो । उहाले नैतिक शिक्षा संग जोडिएर मातृभुमी र अभिभावकहरुको सम्मान वारेमा प्रवचन दिनु भएको थियो ।
डा. योगी विगत ४० बर्ष देखी हिन्दु धर्म र नेपाल संस्कृति लगायतका विषयमा प्रवचन दिदै आउनु भएको छ । विश्व ॐकार एकता महाअभियान, हिन्दु विद्यापीठ नेपाल, शान्ति सेवा आश्रम संग सम्वन्धीत योगी अविवाहित हुनुहुन्छ । उहा निरन्तररुपमा सत्सङ्ग, शिविर, सभागोष्ठीको माध्यमबाट धर्म संस्कृति र पुर्विय दर्शनका प्रचार प्रसार गर्दै नेपाली समुदायलाई नैतिकवान बनाउने अभियानमा रहनु भएको छ । दाङ जिल्लामा जन्मिएर नेपाल तथा भारतका विभिन्न शैक्षिक संस्थाहरुबाट औपचारिक शिक्षा लिनु भएका योगी नेपालका तिन स्थानमा हिन्दु विद्यापीठ मार्फत शैक्षिक क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्छ । उहाले नेपाल भारत सहित धेरै स्थानमा उहाको योगदानका निम्ती सम्मानित समेत हुनु भएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार ०५:५८