२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

लगातार दोस्रो बर्ष साउथ अष्ट्रेलियाको `मोर्गेज ब्रोकर अफ दी एयर अवार्ड´ अशोक अधिकारीलाई

अष्ट्रेलिया । रेट माई एजेन्टले सार्वजनिक गरेको साउथ अष्ट्रेलियकाको `मोर्गेज ब्रोकर अफ दी अवार्ड २०२५ ´लोन सोलुसनका अशोक अधिकारीले जितेका छन् । गत बर्ष समेत अधिकारीको यस अवार्ड जित्न सफल भएका थिए ।

गत शुक्रवार  मेलर्वनमा घोषणा गरिएको विजेताहरुको सुचीमा अधिकारी अष्ट्रेलिया भरिमा उत्कृष्ट २० भित्र पर्न समेत सफल भएका छन् ।

एक दशक देखी यो पुरस्कार वितरण हुदै आएको छ । रेटमाई एजेन्ट, एजेन्ट अफ द इयर अवार्डहरू अष्ट्रेलियाको सबैभन्दा ठूलो रियल इस्टेट अवार्ड हो । जसले देशभरका ३६ हजार एजेन्सीहरू र मोर्टगेज ब्रोकरहरूको तुलना गर्दछ ।

अष्ट्रेलियाको घर जग्गा उद्योगका लागि एक मात्र प्रमुख ग्राहक छनौट पुरस्कारहरू हो ।  यो अर्वाड एजेन्टहरुले प्रदान गर्ने सल्लाह, समय , उपयोगिता, गुणस्तरीय सेवाका आधारमा ग्राहकले दिने प्रतिक्रियाको आधारमा छनौट गरिन्छ । अष्ट्रेलियाका प्रत्येक राज्यका साथै राष्ट्रिय स्तरमा अग्रणी धितो दलालहरूलाई हाइलाइट गर्छन्।

अष्ट्रेलियाको  `मोर्गेज ब्रोकर अफ दी अवार्ड´ भने राहेल हाउलेट ले जितेकी छन् ।

अधिकारी २००७ मा अध्ययनको शिलशिलामा अष्ट्रेलिया आएर २०१८ बाट यस व्यवसायमा संलग्न भएका हुन् । उनले २०१८ यता ६०० भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिएका छन् । दैनिकी संग कुरा गर्दै अधिकारीले प्रवासमा नेपाली समुदाय पनि व्यापार व्यवसायमा यहाका रैथानेहरु संग प्रतिस्पर्धा गर्न सक्षम भएको देखाएको बताउनु भयो ।  उहाले आफ्ना सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गर्दै सम्मानले आफ्नो आगामी यात्राका लागि प्रेरणा मिलेको र गर्व महशुस गरेको बताउनु भयो 

अधिकारीले आगामी दिनहरुमा  बिशेष गरी पहिलो पटक घर खरिद गर्न लाग्नु भएका ग्राहकहरुलाई ध्यान दिएर  उहाहरुलाई  कसरी सहज र सरल किसिमले कर्जा निकाल्न सहयोग  गर्न सकिन्छ ? उनीहरुलाई फाइदाजनक हुने कर्जाका प्याकेजहरु ल्याएर भाडामा बसिरहेका ग्राहकहरुलाई कम बचतमा पनि घर जग्गा खरिद सक्ने अवस्थाका लागि योजनाहरु रहेको बताउनु भयो  । उहाले यस्ता ग्राहकहरुकै प्रतिक्रिया समेतमा आधारित भएर प्राप्त पुरस्कारले ग्राहकहरु प्रति थप उत्तरदायित्व थपिएको महशुस गरेकाले नयाँ नयाँ योजनाहरु सहित बजारमा क्रियाशिल रहने योजना समेत सुनाउनु भयो 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १६:४३